काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजिक ल्याउने र नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् ।
हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले दुवै मुलुकका राजनीतिक दलबीच नियमित संवादका लागि परामर्श संयन्त्र स्थापनाले नेपाल चीन बीचको सम्बन्ध थप प्रगाढ तुल्याउन विशेष योगदान पुग्ने बताइन् ।
राष्ट्रपति भण्डारीको उक्त लिखित सन्देश भर्चुअल बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका हुन् । राष्ट्रपति भण्डारीले नेपाललाई भूपरिवेष्टितबाट विश्वका अन्य मुलुक र भूभागसँग बहुआयामिक माध्यमबाट सहज ढङ्गले जोडिएको आधुनिक र विकसित मुलुकका रूपमा रूपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्पलाई साकार तुल्याउन व्यापक पूर्वाधार विकास र पर्याप्त आर्थिक लगानी एवं प्राविधिक विकासको खाँचो औँल्याउँदै पूर्वाधार निमाण र सम्पर्क सञ्जालको विकास वेल्ट एण्ड रोड सहयोगको एक महत्वपूर्ण उद्देश्य भएकाले यसको प्रवर्द्धन गर्दै हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसँगको साझेदारीलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको अवगत गराए ।
राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वर्ष पूरा भएका अवसरमा चीनका राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँका जनताप्रति शुभेच्छा व्यक्त गर्दै बैठकबाट दुवै देशले आपसी लाभ लिन सक्ने अपेक्षा गरिन् । “नेपाल र चीन प्राचीन सभ्यता र समृद्ध संस्कृतिद्वारा अनुप्राणित मैत्रीपूर्ण सम्बन्धमा आबद्ध असल छिमेकी मुलुक हुन् । नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहिआएको छ । तिब्बत, ताइवान, हङकङ एवम् सिन्जियाङसम्बन्धी मामिलामा चीनप्रति नेपालको पूर्ण साथ र समर्थन छ । नेपालले आफ्नो भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन दिएको छैन र भविष्यमा पनि हुन दिने छैन ।”
उनले गत वर्ष आफूले गरेको चीनको राजकीय र चीनका राष्ट्रपतिले गरेको नेपालको राजकीय भ्रमणको स्मरण गर्दै राष्ट्रपति सीले गरेको भ्रमण नेपाल र चीनबीच प्राचीनकालदेखि कायम रहिआएको मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध सुदृढीकरणका लागि एक महत्वपूर्ण कोशेढुुङ्गा सावित भएको बताइन् ।
राष्ट्रपति भण्डारीले दुवै देशले द्विपक्षीय सम्बन्धको विकास र समृद्धिका लागि अटुट मित्रतापूर्ण रणनीतिक सहयोगात्मक साझेदारी स्तरोन्नति गर्दै ‘वन बेल्ट वन रोड इनिसिएटिभ’ अन्तर्गत हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोगको निर्माणका लागि हातेमालो गरी अघि बढ्ने अठोट प्रकट गरेको उल्लेख गरिन् ।
नेपाल चीन सीमामा थप नाका सञ्चालनमा ल्याई जनताको आवागमन र व्यापार सहजीकरणलाई सहयोग पुर्याउने प्रशस्त सम्भावना रहेकाले यस कार्यमा दुवै सरकारको प्राथमिकता रहने विश्वास प्रकट गर्दै राष्ट्रपति भण्डारीले गत अप्रिलमा राष्ट्रपति सीसँग आफ्नो टेलिफोन वार्ताका अवसरमा दुई देशबीच कोभिड–१९ विरुद्धको लडाइँमा द्विपक्षीय सहयोगलाई सबल पार्ने र महामारीको अन्त्यपछि वन बेल्ट वन रोड अन्तर्गतको सहयोगलाई द्रूत गतिले अघि बढाउने सम्बन्धमा छलफल भएको उल्लेख गरिन् ।
चीनले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाउँदै राष्ट्रपति भण्डारीले शताब्दीका दुई महान् लक्ष्य प्राप्तिमा चीन सरकारलाई पूर्ण सफलता प्राप्त हुनेछ भन्ने दृढ़ विश्वास व्यक्त गरिन् । उनले चीनको विकास र समृद्धि नेपालका लागि समेत एउटा महत्वपूर्ण अवसर हो भनिन् ।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा रामशरण महत, जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराई तथा चीनका तर्फबाट पनि उच्चस्तरीय प्रतिनिधिले सम्बोधन गरी दुई देशबीचको सम्बन्ध र साझेदारीलाई थप प्रभावकारी बनाउन साझा मत व्यक्त गरिएको थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend