Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बालकुमारी घटनामा सरकारले मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने


    शनिबार, पुष १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

    आज (शनिबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भन्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णय समेत गरेको मन्त्री शर्माले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार