Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुर महानगरमा हाछेथुको आगमन : नगरको सुन्दरतासँगै प्रहरीको शैलि फेरियो


    मंगलबार, कार्तिक ४ २०७७
    660
    Shares
  • २ मिनेट पाठ
  • ललितपुर ।  ललितपुर महानगरपालिकामा सिताराम हाछेथुको आगमनसँगै नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् । महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो । लपुमहानगर प्रमुख चिरीबाबु महर्जनले सो पोशाक लगाएर नगर प्रहरी स्मार्ट भएसँगै नगरलाई पनि स्मार्ट बनाइने बताउनुभयो । हाल महानगरपालिकामा ७२ नगर प्रहरी कार्यरत छन् । ती सबैलाई पोशाक वितरण गरिएको छ । यसैगरी महानगरपालिकालाई स्मार्ट शहर बनाउन स्मार्ट सडक बत्ती र खुला स्थानमा उद्यान निर्माणको काम अघि बढाइएको महर्जनले जानकारी दिनुभयो ।

    sitaram 4.jpg

    प्रहरीमा कार्यरत रहँदा ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका पूर्व ट्राफिक प्रहरी निरीक्षक हाछेथुले ललितपुर महानगरको महानगर प्रहरी प्रमुख भएपछि फुटपाथ ब्यवस्थापन लगायत ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउने अभियान लगाएत आफु लागि परेको बताउनु भएकोछ । नगर प्रहरीको विगतको पोशाक भद्दा भएकाले नयाँ पोशाक ल्याइएको बताउनुभयो ।  

    उहाँले भन्नुभयो, “यो पोशाकमा हामी स्मार्ट देखिने छौं । हामी नगरवासीको सहयोगी साथी भएकाले अबदेखि लाठी बोक्ने छैनौँ ।” नगर प्रहरीलाई स्मार्ट बनाउन क्यामरा पनि दिइएको हाछेथुले जानकारी दिनुभयो ।

    sitaram 3.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार