काठमाडौं । अध्यक्ष तथा पूर्व अध्यक्षको बदमासीले सहकारीका हजारौँ बचतकर्ताको करिब तीन अर्ब रुपैयाँ जोखिममा परेको छ । कास्कीभित्र सञ्चालित विभिन्न पाँचवटा सहकारी डुब्दा खाई नखाई बचत गरेका सर्वसाधारण बचतकर्ताको रकम जोखिममा परेको हो ।
ती सहकारी अपचलन गराउन सञ्चालक समितिका अध्यक्ष र पूर्वअध्यक्ष हाबी भएको पुष्टि पनि भएको छ । किनकि डुबेका सहकारीका अध्यक्ष र पूर्व अध्यक्षसहित सञ्चालक समितिका पदाधिकारी पक्राउ पर्ने डरले फरार छन् । कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, मित्रमिलन बचत तथा ऋण सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी संस्था र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था डुब्दा सर्वसाधारण बचतकर्ताको २ अर्ब ८३ करोड ३७ लाख ७१ हजार रुपैयाँ जोखिममा परेको प्रहरीमा उजुरी परेको छ ।
डुबेका पाँच सहकारीका ३ हजार ६ सय ९ जनाले आफ्नो रकम डुबेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उजुरीमा सहकारी सञ्चालकले ठगी गरेको बचतकर्ताले उल्लेख गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend