काठमाडौं। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड– १९ नियन्त्रणको जिम्मेवारी सरकारकै रहेको बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रवक्ता श्रेष्ठले कोही पनि आफ्नो जिम्मेवारीबाट पञ्छिन नमिल्ने बताएका छन्।
‘कोभिड–१९ ले उत्पन्न गरेको चौतर्फी संकट गहिरिँदै गएको छ। यसको नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी हामी सबैको हो र मुलतः सरकारको हो’ उनले भने। कोरोना महामारी विश्वव्यापी नै भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न नसकिने उनले बताए।
बिरामी आफैले उपचार गर्नुपर्ने सरकारी व्यवस्थालाई लक्षित गर्दै उनले भनेका छन् ‘सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिँदै अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नु पर्ने आवश्यकता छ।’
सबै राजनीतिक पार्टीहरु र समाजका सबै पक्षले यसमा सहयोग गर्नुपर्ने भन्दै उनले सरकारले यथाशीघ्र प्रतिपक्षी लगायतका राजनीतिक दल र विज्ञहरुको बैठक बोलाई परामर्श गर्नु उचित हुने बताएका छन्।
प्रवक्ता श्रेष्ठले प्रदेशहरु संघीय सरकारका इकाईहरु हुन् भनेर प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्तिको समेत विरोध गरेका छन्। उनले नेपालको संविधानको व्यवस्थाविरुद्ध कोही पनि जान नहुने समेत धारणा राखेका छन्।
‘नेपाली जनताको बलिदानीपूर्ण महान् संघर्षको परिणामस्वरुप प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गरिएको नेपालको संविधानको व्यवस्थाबिरुध्द हामी कोही पनि जानुहुँदैन’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘संविधानको सकारात्मक पक्षहरुको रक्षा गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउने दिशामा अघि बढ्नु हामी सबैको जिम्मेवारी हो।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend