विगतमा एकता भएको यी दल पछि फुटेर अलग अलग रुपमा गतिविधि गर्दै आइरहेका थिए ।
काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीले एकीकरण गर्ने गृहकार्य गरेका छन्।
एकीकरणका लागि दुबै पार्टीले गठन गरेका राजनीतिक संवाद समितिले वार्ताका निष्कर्षसहित संयुक्त प्रतिवेदन गत असोज २९ गते पार्टीका संयोजकहरूलाई बुझाइसकेका छन्।
एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरु ‘संयुक्त प्रतिवेदन’का रूपमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएका हुन्।
आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघीय/केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका छन्।
‘सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको सर्वविदित नै छ,’ दुबै पार्टीले संयुक्त रूपमा मंगलबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
विगतमा भएका कमजोरीलाई स्वीकार्दै र जनभावनाको कदर गर्दै उनीहरूले गत असार ३१ गतेदेखि एकीकरण वार्ता थालेका थिए।
‘प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय/सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ,’ संवाद समितिका निर्देश सिलवाल र समीक्षा बाँस्कोटाले संयुक्त रूपमा निकालेको विज्ञप्तिमा उल्लेख छ।
विगतमा एकता भएको यी दल पछि फुटेर अलग अलग रुपमा गतिविधि गर्दै आइरहेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend