Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्राधिकरणले भन्यो- बक्यौता नतिर्ने उद्योगको लाइन क्रमशः काट्दै जाने रणनीतिमा छौं


    बिहिबार, पुष १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने रणनीति रहेको उल्लेख गरेको छ ।

    डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् ।

    प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड बक्यौता रहेको छ । यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको छ । जसको मात्र बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ हुने उनले जानकारी दिएका छन् ।

    आम सर्वसाधारणले १७/१८ घण्टाको लोडसेडिङमा बसेका बेला २३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टा भन्दा बढी उपयोग गरेको समेत प्राधिकरणले दाबी गरेको छ ।

    २३९ ग्राहकमध्ये १७८ ग्राहकले प्रिमियमसहितको विद्युत् महसुल समयमै बुझाएर भुक्तानी गरिसकेको समेत प्राधिकरणले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार