Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजदेखि एक सातासम्म काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने


    बुधबार, फाल्गुन १६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै आजदेखि एक सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आगामी फागुन २२ गतेसम्म विद्युत् लाइन अवरुद्ध हुने जनाइएको छ ।

    बुधबार बालुवाटार फिडबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । मौसम प्रतिकुल रहेमा भने विद्युत् नियमित आउने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार