Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार १७ अङ्कले घट्यो, ५ अर्ब २४ करोड रुपैयाँको कारोबार


    बुधबार, पुष ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सेयर बजार आज दाेहाेराे अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ विन्दुमा झरेको छ ।

    आज म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको सेयर ओरालो लागेको छ । आज सबैभन्दा धरै वीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेपनि आज सात वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

    आज एक करोड ४३ लाख ३७ हजार कित्ता सेयर पाँच अर्ब २४ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार