काठमाडौं, २३ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना महामारीका कारण धरासायी भएको बैदेशिक रोजगार ब्यवसायलाई त्राण दिने भएको छ । रेमिट्यान्सले धानिएको देशमा बैदेशिक रोजगार ब्यवसाय गर्ने करिब ८ सय ब्यवसायीहरुको म्यानपावर कम्पनी सरकारले १ सयभन्दा कम कामदार पठाए पनि नवीकरण गरिदिने भएको छ । श्रम मन्त्री रामेश्वर यादवले विदेशमा कामदार पठाउने बैदेशिक रोजगार ब्यवसाय कोभिड १९ महामारीका कारण सबैभन्दा बढी धरासायी भएकाले यस्तो निर्णयश गर्न लागेका छन् ।
अहिलेको विद्यमान ऐनले वर्षमा एक सय जनाभन्दा कम कामदार पठाउने म्यानपावरको लाइसेन्स नवीकरण गर्न मिल्दैन । सरकारले भने अब वर्षमा एक सयभन्दा कम कामदार पठाउनेको पनि लाइसेन्स नवीकरण गर्ने भएको छ ।
वैदेशिक रोजगार ऐन संशोधनको लागि मन्त्रिपरिषदले दिएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले व्यवसायीको माग बमोजिम नै ऐन संशोधन गर्न थालेको हो । यसले ब्यवसायीहरुले थोरै भए पनि राहत पाउनेछन् ।