काठमाडौँ । साताको पहिलो कारोबार दिनमै सेयर बजार परिसूचक नेप्सेले खराब सुरुवात गरेको छ । अघिल्लो हप्ता लगातार बढेर ११४ अंकमाथिले वृद्धि भएको नेप्से सूचकमा यो साताको पहिलो कारोबार दिन नै २१ अंकको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २१.०३ अंकले घट्दै २०८८.०७ अंकमा झर्न पुगेको छ । यसैगरी क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ५.२९ अंकले घटेर ३९१.३३ अंकमा झरेको नेप्सेले जनाएको छ ।
तर, आज यता कारोबारमा भने तीव्र्रता आएको छ । २१ अंकले नेप्से घटेको यस दिन ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।
आज हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा र अन्य सूचक समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्यचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।
आज पनि बोटलर्स नेपाल (बालाजु) लि.सहित ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend