काठमाडौं । चर्को विरोधपछि सत्तारुढ नेकपाले आफ्नो दलका संघीय सांसदहरुलाई दिइएको दशैं भत्ता फिर्ता गर्ने तयारी गरेको छ । नेकपाका नेता सुवास नेम्वाङका अनुसार दलले यो रकम कोरोना महामारीसँग लड्नका लागि सरकारले स्थापना गर्ने कोषमा राख्ने निर्णय गरेको छ ।
‘बिहानदेखि नै दुवै सदनका दलका अधिकारीबीच छलफलमा लागेका थियौं । व्यक्तिगत रूपमा फिर्ता गर्नेभन्दा संस्थागत रुपमा गरिएको हो । कोरोना महामारीको बेला साधारण ढंगले दशैं मनाउँछौं भनेर हामीलाई आएको दशैं भत्ता सरकारले स्थापना गरेको कोरोना कोषमा राख्ने निर्णय गरेका छौं,’ नेम्वाङले भने ।
नेकपा राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले दलका पदाधिकारीसँग छलफल पछि रकम कोरोना कोषमा राख्ने निर्णय भएको बताए ।
मन्त्रीहरुले पनि फिर्ता गर्ने तयारी
नेकपा स्रोतका अनुसार मन्त्रीहरुले पनि दशैं भत्ता फिर्ता गर्ने तयारी भएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर यसको घोषणा गर्ने तयारी भइरहेको एक मन्त्रीले बताए । उनका अनुसार सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।
२०७६ को दशैंमा सरकारले सांसद र उनीहरुका स्वकीय सचिवलाई दसैं भत्ता स्वरुप एक महिनाको तलब बराबर रकम दिने निर्णय गरेको थियो । कोरोना महामारीले देश आक्रान्त भएका बेला सांसदहरुलाई भत्ता दिइएको भन्दै व्यापक विरोध भएको थियो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend