Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित


    आइतबार, चैत्र २३ २०७६
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २३ चैत। सरकारले कोरोना भाइरसको कारण ‘राष्ट्रिय भिटामिन ए'को कार्यक्रम स्थगित भएको छ । ‘राष्ट्रिय भिटामिन ए’ को कार्यक्रम आउँदो वैशाख ६ र ७ गतेका लागि तय  गरिएको  थियो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

    ‘विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामना गरिरहेको अवस्थामा योसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रमहरू बन्द रहेको र सो समयमा हालको परिस्थिति सुधार हुने अवस्थासमेत नभएकाले स्थगित गरिएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सर्कुलरमा भनिएको छ ।

    स्वास्थ्य मन्त्रालयले स्थगित कार्यक्रमबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायतलाई पत्राचार गर्दै परिस्थितिमा सुधार आएपछि कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
    \"\"

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार