Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


    सोमबार, कार्तिक ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। नियमित बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरुले पाउँदै आएको दशैं तिहारको भत्ता नलिने निर्णय गर्नसक्ने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

    सरकारले हरेक वर्ष प्रधानमन्त्री, मन्त्री, सांसदलगायत राज्यका उच्च निकायमा रहेकालाई चाडबाड खर्च स्वरुप एक महिनाको तलब बराबरको भत्ता दिँदै आएको थियो।

    त्यो भत्तासमेत प्रधानमन्त्री र मन्त्रीले नलिएर कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय हुन सक्ने बताइएको छ । प्रधानमन्त्रीसहित हाल २५ जना मन्त्री छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार