Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशमा सरकार छ भन्ने भ्रम अन्त्य हुँदैछ: कांग्रेस


    सोमबार, कार्तिक ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस महामारीका बेला सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अत्यन्त गैरजिम्मेवार भएको बताउँदै निर्णय सच्याउन माग गरेको छ।

    अहिलेको महामारीले जनताको आर्थिक जीवनमा परेको असर हेरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको स्मरण गराउँदै कांग्रेसले संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएको छ। सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई संवेदनशील बन्न आग्रह गरेको छ।

    कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ भन्ने प्रश्न उब्जिएको छ।’

    कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसन तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभर औषधिको अवैध बिक्री, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्ममा लहडको नीतिले सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा प्रश्न उठेको कांग्रेसले टिप्पणी गरेको छ। ‘उपचारको दायित्वबाट पन्छिए पश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैं उद्दत रहेको पुष्टि भएको छ’, विज्ञप्तिमा उल्लेख छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार