Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • दशैं भत्ताको चौतर्फी आलोचना, संस्थागत निर्णय गरेर नेकपाले दशैं भत्ता फिर्ता गर्ने


    सोमबार, कार्तिक ३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) ले आफ्ना सांसदहरुको खातामा आएको दशैं भत्ता बापतको रकम फिर्ता गर्ने भएको छ ।

    कोरोना महामारी फैलिएकाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरुले दशैं खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेर चाँडै निर्णय गर्ने तयारी गरेको छ ।

    नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी नेतृत्वसँग यसबारे छलफल भइरहेको भन्दै संसदीय दलले यसबारे चाँडै निर्णय गर्ने जानकारी दिए । उनले दशैं भत्ता फिर्ता गर्ने विषयमा शीर्ष नेताहरुसँग छलफल भैरहेको भन्दै चाँडै टुंगोमा पुुग्ने पनि बताए ।

    यसअघि नेकपाकै भीम रावल, नारायणकाजी श्रेष्ठले दशैं भत्ता विरुद्ध अभिव्यक्ति दिएका थिए । यस्तै रावलले आफ्नो भत्ता फिर्ता लिन संसद सचिवालयलाई पत्र समेत लेखिसकेको छ । नेपाली कांग्रेसका सांसदहरुले समेत धमाधम भत्ता फिर्ता गर्दै आएका छन् ।

    मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णयअनुसार संसद सचिवालयले यो वर्षको भत्ता सांसदहरुको खातामा पठाएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार