Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा  ३ हजार ६ सयमा कोरोना संक्रमण, एक सयभन्दा बढीको मृत्यु


    आइतबार, चैत्र २३ २०७६
    710
    Shares
  • १ मिनेट पाठ
  •  न्यु दिल्ली,२३ चैत । भारतमा आइतबारसम्म ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ सय ९ जनाले ज्यान गुमाएको छ।

    भारतका दक्षिणी राज्यहरूमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ।

    महाराष्ट्रमा सबैभन्दा धेरै ६३५ जनामा संक्रमण देखिएको छ भने तमिलनाडुमा ४ सय ८५ जनामा कोरोना संक्रमण भएको छ।

    नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा २३४ बिरामी भेटिएका छन् भने बिहारमा ३१, पश्चिम बंगालमा ६३ र उत्तराखण्डमा १६ जनालाई संक्रमण देखिएको छ।

    पछिल्लो समय नयाँदिल्लीको एक मस्जिदमा भेला भएका धेरैमा कोरोना भाइरस देखिएको छ।

    संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ गतेदेखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने रोकिएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार