Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइ सम्बन्धी निर्णय आज 


    बुधबार, पुष ४ २०८०
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज (बुधबार)आउने भएको छ । गत मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो ।

    मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो । सोमबार सुनुवाइ सकिएको थियो । उक्त सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।

    प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक आजका लागि बोलाइएको छ । उक्त बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

    संसदीय सुनुवाइ सकिएका प्रस्तावित ६ न्यायाधीशमा सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार