Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तापक्रम घट्ने क्रम जारी, कस्तो रहला आजको मौसम ?


    बुधबार, पुष ४ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं | मुलुकभरको तापक्रम निरन्तर घट्ने क्रममा जारी छ ।

    हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो देशभरको मौसम आंशिक बदली रहनेछ । केही ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    रातिको मौसम पनि दिउँसोजस्तै रहनेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

    उद्धार गरेर काठमाडौं ल्याइएकी वृद्धाको बयान– १ घण्टा थिचिँदासमेत बाचेँ, नातिनीलाई पनि बचाएँ

    भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू …

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार