काठमाडौँ। सेयर कारोबार मापक नेप्से परिसूचक आज ४५.९८ अंकले बढेर २१ सय अंक नाघेकाे छ । योसँगै समग्र नेप्से परिसूचक २ हजार १ सय ६. ४८ अंकमा अंकमा पुगेको हो ।
सोमबार २ हजार ६०.४९ अंकमा पुग्दा ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । मंगलबार ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल ३१३ वटा कम्पनीमध्ये १८३ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ५३ वटा कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
मंगलबार सबै उपसमुहको मूल्य बढ्दा होटल तथा पर्यटन र जीवन बिमामा लगानीकर्ताकाे आकर्षण रह्याे । होटल तथा पर्यटन ३९५.१८ अंकले बढ्यो । जीवन बिमा ३५०.५५, उत्पादन तथा प्रशोधन २५३.६६, निर्जीवन बिमा २२८ अंकले बढ्यो ।बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट र नेपाल रिपब्लिक मिडियासहित १० वटा कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ७.२६ प्रतिशतले गुमाए । माथिल्लो मैलुङ खोला जलविद्युतले ४.९० प्रतिशतले गुमाए ।कारोबार रकमको आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर मिनरल्स अगाडि रहे । शिवम् सिमेन्टको ३७ करोड ४३ लाख रुपैयाँ, सोल्टी होटलको २८ करोड ७३ लाख रुपैयाँको कारोबार भयो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend