Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनसेलविरुद्ध अमरेश सिंहको रिटमा कारण देखाऊ आदेश जारी


    मंगलबार, पुष ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार यस्तो आदेश गरेको हो।

    अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ भएको हो ।

    यसअघि मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मङ्सिर पुस १ गते भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए । पुस २ गते सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगितमा परेको थियो ।

    सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

    सिंहले गत मङ्सिर २२ गते शुक्रबार दायर गरिएको उक्त रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार