Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ


    मंगलबार, पुष ३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन। भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब तीन सय ८० किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक अनिल र सहचालक राजपाललाई आज बिहान पक्राउ गरेको हो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार