Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीमा आवागमन रोक्न थप १ सय ५० सशस्त्र प्रहरी परिचालन


    आइतबार, चैत्र २३ २०७६
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • बर्दिया –  बर्दियाको ८२ किलोमि सीमामा पूर्ण रुपमा आवागमन रोक्न थप १ सय ५० सशस्त्र प्रहरी परिचालन भएको छ । सीमा क्षेत्रमा कडाईको लागि थप सशस्त्र प्रहरी परिचालन गराएको हो । 

     एसपि यादव विकले पहिलेदेखि सीमामा प्रहरीले कडाइ गरेतापनि सीमा सुरक्षा थप प्रभावकारी बनाउँन थप प्रहरी परिचालित गरिएको बताएका छन।

     यता, सीमा क्षेत्रमा रहेका नेपाल प्रहरीका यूनिटले कडाईका साथ सीमा आवामन रोक्न लागि परेको छ । एसपि राजेश नाथ वास्तोलाले नेपाल प्रहरीका यूनिटले सीमामा निगरानी बढाईरहेको बताउँदै भने ‘लुकिछिपि नेपाल छिर्नेलाई सयौं जना प्रहरीले क्वारेन्टाईनमा ल्याएर छोडेको छ।’

    उनका अनुसार सुदुरपश्चिममा कोरोना संक्रमण पुष्टि भएसँगै अन्तर जिल्ला र एक देखि अर्को पालिका प्रवेशमा समेतपूर्ण रुपमा प्रहरीले रोक लगाएको छ। भारतबाट आएर लुकिछिपि बसेका र अन्तर जिल्ला आवागमन गर्ने तीन सय जनालाई प्रहरी सहयोमा क्वारेन्टाईनमा पुगेकोे रर्कडमा देखिन्छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार