Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दशैं भत्ताविरुद्ध बोले भीम रावल, भने – ‘भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ’


    आइतबार, कार्तिक २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सांसद भीम रावलले कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्। 

    आफ्नो खातामा दशैं भत्ताको रकम राखिएको थाहा भएको उल्लेख गर्दै रावलले भनेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्।’

    उनले ट्वीट गर्दै सांसदहरुले दशैंभत्ता लिनुहुन्न भन्नेमा आफ्नो समर्थन रहेको र आफ्नो खाताबाट रकम कट्टी गर्न मन्जुरी रहेको समेत बताएका छन्। 

    दशैं भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न या नयाँ बनाउन नपर्नेसमेत उनले स्पष्ट पारेका छन्।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार