Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यावधि माग्ने महतको सामाजिक संजालमा चर्को आलोचना


    आइतबार, चैत्र २३ २०७६
    825
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले राष्ट्र कोरोना भाइरस(कोभिड) महामारीसँग जुधिरहेको बेला मध्यावधि चुनाव गराउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको निर्वाचन भएको बल्ल २८ महिना पूरा हुँदैछ । जनताले नेकपालाई ५ बर्ष सरकार चलाउन प्रचण्ड बहुमत दिएका छन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना भाइरस महामारीबिरुद्ध लडिरहेको छ ।

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गरेको मेडिकल उपकरणमा अनियमितता भएकै बिषयलाई लिएर उनले मध्यावधि चुनावको माग गरेका छन् । जुन मागले गर्दा नेपाली कांग्रेस र स्वयं महतको सामाजिक संजालमा चर्को बिरोध भइरहेको छ ।

    शनिबारको महतको मध्यावधि चुनावको मागलाई बेमौसमी बाजाको संज्ञा दिंदै उनलाई सामाजिक संजाल प्रयोगकर्ताहरुले सत्तालोलुपसमेत भनेका छन् । २ बर्ष सत्ताबाहिर बस्नुपर्दाको पीडा भनेर पनि कतिपयले लेखेका छन् । भ्रष्टाचारकै कुरा गर्दा ऊर्जामन्त्री समेत भएका महतका पालामा इन्भर्टरका ब्यापारीसँग मिलेमतो गरी लोडसेडिङ १२ घन्टा पु¥याएको तथ्य नबिर्सन पनि कतिपयले स्मरण गराएका छन् । कांग्रेसले नै नियुक्त गरेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशकुमार काफ्लेले लोडसेडिङ १४ घन्टा पु¥याई अन्धकार नेपाल बनाएर छाडेको अवस्थामा कुलमान घिसिङले नेतृत्व सम्हालेपछि उज्यालो नेपाल बनाएको प्रसंग समेत उजागर गरिएको छ ।

    केही दिनअघि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिको सरकारको माग गरेको बिषय पनि ब्यापक आलोचनाको बिषय बनेको थियो । कोरोना भाइरस महामारीका बिरुद्ध सरकारदेखि प्रतिपक्षी लगायतका सबै शक्ति मिलेर लड्नुपर्ने बेलामा चुनाव र सरकारको माग गर्नुलाई कांग्रेसको सत्ताबाहिर बस्नुपर्दाको पीडाका रुपमा पनि लिइएको छ । किनकि ०४६ पछिको २५ बर्ष त कुनै न कुनै रुपमा कांग्रेस सत्तामै थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार