Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबिरुद्धको भ्याक्सिन बनाउनेलाई पोर्नस्टारको अनौठो प्रस्ताव


    आइतबार, चैत्र २३ २०७६
    730
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २३ चैत ।  विश्व कोरोना भाइरसको महामारीविरुद्ध जुधिरहेको छ । विश्वका प्रायः सबै देशका सरकार कोरोनालाई पराजित गर्न सम्पूर्ण शक्ति लगाइरहेका छन् ।

    यता विभिन्न देशका चर्चित व्यक्तिहरुले आफ्नो सरकारलाई कोरोनाविरुद्ध लड्न गरेको सहयोगका कारण चर्चा र प्रशंसा भइरहेको छ । अहिले एक वयस्क चलचित्र स्टारको पनि विश्वभर सामाजिक सञ्जालहरुमा चर्चा भइरहेको छ ।

    तर, उनी चर्चामा आउनुको कारण कुनै सहयोग गरेर नभई उनको अनौंठो अफरका कारण हो । चीनको वुहान शहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ । यो भाइरसले ६० हजार जतिको ज्यान लिइसकेको छ । लाखौं संक्रमित भएका छन् ।

    यसैबीच एक अंग्रेजी बेवसाइटमा प्रकाशित खबरले सबैलाई चकित बनाएको छ । बेवसाइटमा पोर्न इन्डस्ट्रीकी चर्चित रसियन पोर्न स्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन् ।

    ‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु’, लोला टेलरले भनेकी छन् । उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ । सबै जना चिन्तित छन् ।

    उनी आफैं पनि घर बाहिर जान पाएकी छैनन् । उनी मास्कोमा एक्लै बस्दै आएकी छन् । लोला टेलरको खास नाम ल्युबोभ बुसुयेवा हो । उनी पोर्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन् । लोला रूसकी हुन् । अहिले उनी यो घोषणाको कारण चर्चामा छिन् । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार