Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओम्नीलाई मेडिकल उपकरण ठेक्कामा को को संलग्न छन् ?


    आइतबार, चैत्र २३ २०७६
    810
    Shares
  • ६ मिनेट पाठ
  • काठमाडौं, २३ चैत । ‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन। उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ ।’ यस्तै अभिव्यक्ति दिन्थे, तुलबहादुर सिंह (हरि), कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउँदा उनै सिंह चरम विवादमा परे ।

    सिंह अध्यक्ष रहेको ओम्नी समूहले करोडौं हिनामिना गरी महँगोमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो । त्यसमा विवाद देखिएपछि प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल प्रालिसँगको खरिद सम्झौता खारेज ग¥यो । संकटका बेला त्यति ठूलो रकमको स्वास्थ्य सामग्री ल्याउने हिम्मत सिंह एक्लैले भने गरेका थिएनन् ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको योजनामा सिंहले स्वास्थ्य सामग्री ल्याउने अवसर पाएका थिए । उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र सल्लाहकार रिमालसँग सिंहलाई निकट बनाउने काम झापाका युवराज शर्माले गरे।

    शर्मा शैक्षिक व्यापारी हुन् । उनले लामो समयदेखि काठमाडांैमा शैक्षिक संस्था सञ्चालन गर्दै आएका छन्। त्यसबाट उँभो नलाग्ने देखेपछि शर्माले आपूmलाई प्रधानमन्त्रीनिटक भएको देखाएर बिचौलियाका रूपमा काम गर्न थाले । उनकै कनेक्सनले चीनबाट स्वास्थ्य सामग्री ल्याउने काम ओम्नीले पाएको स्रोतले बताएको छ ।

    ओम्नीले ठेक्कापट्टाको काम गर्दै आएको थियो । उक्त कम्पनीले स्वास्थ्य सामग्रीसम्बन्धी बिचौलियाको काम भने कहिल्यै गरेको थिएन। त्यही भएर सिंहलगायतको टोलीले स्वास्थ्य सामग्रीको ठेक्कापट्टा गर्दै आएका व्यापारी विशाल पण्डितको सहयोग लिए । पण्डित र केही चिकित्सक बसेर सूची बनाए । त्यही आधारमा ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्यायो । खरिद प्रक्रियाबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

    सामान्य आर्थिक अवस्थामा रहेका सिंहले सरकारी ठेक्कापट्टाबाटै आफ्नो आर्थिक हैसियत बदले । सरकारी ठेक्कापट्टाबाटै सिंहले केही सरकारी कर्मचारीको आर्थिक हैसियतसमेत बदलिदिएको उनी निकटवर्ती बताउँछन् । प्रत्येक दलका प्रभावशाली नेता र उपल्लो तहका सरकारी कर्मचारीसँग सिंहको बलियो सम्बन्ध छ ।

    उनी शक्तिशाली नेता र सरकारी कर्मचारीलाई मुठ्ठीमा राख्नुपर्छ भन्ने मान्यता राख्छन्। नेता र कर्मचारीलाई मुठ्ठीमा राख्ने उनको उपाय भनेको आर्थिक सहयोग नै हो भन्छन् सिंहलाई चिन्नेहरू । मुख्यसचिव लोकदर्शन रेग्मीसँग सिंह असाध्यै निकट छन्। गृहसचिव रहँदा रेग्मी र सिंहको सम्बन्ध बाक्लिएको स्रोतले बताएको छ ।

    रेग्मीले आफू गृहसचिव रहँदा गृह मन्त्रालय र मातहतका कार्यालयको सूचना–प्रविधिबारे हुने कतिपय छलफलमा सिंहलाई बोलाउने गरेका थिए । तत्कालीन गृहसचिव रेग्मीले सिंहलाई काम दिन मन्त्रालयका सहसचिवहरूलाई दबाब दिने गरेको गृहका एक अधिकारी बताउँछन् ।

    तत्कालीन गृहसचिव रेग्मीले अध्यागमन विभागको स्तरोन्नतिसम्बन्धी छलफलमा पनि सिंहलाई राखेको गृह स्रोतले बताएको छ । गृहबाट बाक्लिएको सम्बन्धका कारण मुख्यसचिव रेग्मीले अहिले सिंहका काममा बाधा पु¥याउँदैनन्। पृष्ठभूमिमा बसेर मुख्यसचिव रेग्मीले सिंहका कतिपय कामलाई सहजीकरण गरिरहेको स्रोतले बतायो । मुख्यसचिव रेग्मीसँग आफ्नो राम्रो उठबस भएको भन्दै सिंहले निकटवर्तीसँग धक्कु लगाउने गर्छन् ।

    कतिपय सरकारी अड्डामा सिंहले मुख्यसचिव रेग्मीको नाम लिएर कर्मचारी तर्साउने गरेका छन् । निर्वाचन आयोगको काम गर्दा सिंहले निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलमार्फत काम गराएको स्रोतले जानकारी दिएको छ ।

    तत्कालीन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मासँग पनि सिंहको बलियो सम्बन्ध थियो । उनले ०७४ को निर्वाचनमा ओम्नीमार्फत निर्वाचन आयोगलाई आवश्यक सामग्री उपलब्ध गराएका थिए । कार्यकक्षमा जति चिप्लो घसे पनि बाहिर निस्किएपछि उनी नेता र सरकारी कर्मचारीलाई तल्लो स्तरबाट गाली गर्छन्। आफ्नो काम भए तिनै नेता र कर्मचारीको गुणगान गाउने सिंहले काम नभए नेता र कर्मचारीलाई ‘घुस्याहा’को संज्ञा दिने गरेको स्रोत बताउँछ ।

    प्रधानमन्त्री केपी ओलीसँग पारिवारिक साइनो लगाएर सम्बन्ध बाक्लो बनाएका शैक्षिक व्यापारी युवराज शर्मा ओम्नीसँग जोडिन पुगे । शर्माकै बलमा सिंहले चीनबाट स्वास्थ्य सामग्री ल्याउने हिम्मत गरे । ललितपुरको सानेपामा बस्ने एक व्यक्तिले शर्मालाई ओम्नीका अध्यक्ष सिंहसँग चिनजान गराइदिए । सिंहसँग चिनजान गराउने व्यक्ति शर्माका नातेदार रहेको पाइएको छ । त्यही साइनोका कारण शर्मा ओम्नीका अध्यक्ष सिंहसँग नजिकिए । ओम्नीको कागजपत्रमा शर्माको नाम कतै देखिँदैन। स्रोत भन्छ, ‘शर्माले काम मिलाइदिएबापतको कमिसन लिने हो । शर्मा बिचौलियाको काम गर्छन् ।’

    प्रधानमन्त्री ओलीसँगको बाक्लो सम्बन्ध देखाई शर्माले प्रधानमन्त्री सचिवालयका व्यक्तिलाई पनि प्रभावमा पारे । उनले उपप्रधानमन्त्री पोखरेललाई पनि प्रभावमा पारी ओम्नीलाई चीनबाट स्वास्थ्य सामग्री ल्याउने काम मिलाइदिए । शर्मा यस्तो पात्र देखिए, जसले उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, प्रधानमन्त्री सचिवालयका अधिकारीलाई प्रभावमा पार्न सफल भए ।

    उनले प्रधानमन्त्रीलाई देखाउँदै व्यक्तिगत स्वार्थ पूरा गर्न सरकारी संयन्त्रलाई कमिसनको लोभ देखाएर घुमाइदिए। तत्काल ल्याउनुपर्ने भएर होइन, बडो सावधानीसाथ पूर्वयोजनाअनुसार उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र प्रधानमन्त्रीका सचिवालयका केही सदस्यको मिलेमतोमा ओम्नीलाई चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने अख्तियार दिइएको थियो ।

    शर्माकै पहलमा चीनबाट १ हजार थान नमुना किट ल्याएर उपप्रधान एवं रक्षामन्त्री पोखरेलमाथि कोरोना भाइरसको परीक्षण गरिएको स्रोतले बताएको छ । अन्नपूर्ण पोष्ट दैनिक 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार