काठमाडौँ। एसिसी यू-१९ एसिया कप क्रिकेटमा श्रीलंकाले जापानलाई पराजित गरेको छ।
आज शनिबार युएईको आइसिसी एकेडेमी ओभल-२ मा भएको खेलमा ७५ रन बनाएर अल आउट भएको जापानमाथि श्रीलंकाले ७ विकेटको सहज जित हात पारेको हो।
श्रीलंकाले १२.२ ओभर खेलेर जापानविरुद्ध ७६ रनको लक्ष्य पूरा गरेको हो। उसले सो अवधिमा तीन विकेट गुमाएको थियो।
श्रीलंकाका लागि कप्तान सिनेथ जयवर्द्धनेले नटआउट २६ र दिनुरा कलुपहानाले नटआउट ६ रन जोडे।
त्यसअघि रसुन्डा गमेजले १८ रन ओपनर पुलिन्दु पेरेराले १३ रन र हिरुन कपुरूबन्दराले ३ रन जोडे।
बलिङतर्फ जापानका केइफर लेकले २ र कजुमा कतोले १ विकेट लिए। त्यसअघि टस जितेको श्रीलंकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ३०.३ ओभरमा अल आउट हुँदै ७५ रन जोडेको थियो।
जापानका लागि चार्लेस हिन्जेले ३६ रन बनाए, कप्तान कोजी आबेले १९ रन र केइफर लेकले १० रनमात्रै बनाए। पाँच जना ब्याटर शून्य रनमै आउट भए भने दुईजनाले २/२ रन बनाए।
जितसँगै श्रीलंकाले जारी यू-१९ कपमा सुखद सुरूवात गरेको छ। समूह ‘ए’ बाट भारत र पाकिस्तान आइतबारको खेलमा विजयी भएका थिए। समूह ‘बी’ को अर्को खेल बंगलादेश र श्रीलंका खेलिरहेका छन्।
नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छ भने समूह ‘बी’मा श्रीलंका, युएई, बंगलादेश र जापान छन्।
दुई समूहका शीर्ष दुई/दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनल जित्ने दुई टिमले पुस १ गते फाइनल खेल्नेछ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend