Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू–१९ एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने


    शुक्रबार, मंसिर २२ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) को दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा पाकिस्तानले टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको हो ।

    नेपाल र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार, बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल उक्त प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी मंगलबार खेल्नेछ ।

    प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । दुबै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ तारिखमा हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार