सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा एक महिनाअघि मात्र सरुवा भएर आएका प्रहरी उपरीक्षक प्रवीण धिताललाई विवादमा पार्न उनकै मातहतका प्रहरी कर्मचारीहरु सक्रिय रहेको विभिन्न घटनाक्रमले उजागर गर्न थालेका छन् ।
लामो समयदेखि सर्लाहीमै फन्को मारेर बसेका बरिष्ठ प्रहरी नायब निरीक्षक अरुण यादव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारसँग मिलेर आफ्ना नजिकका विवादित असई र सईहरुलाई कमाउ अड्डाको रुपमा मानिने प्रहरी चौकीहरुको जिम्मेवारी दिलाउने अभियानमा लागेर कर्तव्यनिष्ठ र इमान्दार छविका प्रहरी उपरीक्षकको रुपमा चिनिएका एसपी धिताललाई बदनाम गराउन लागिपरेका छन् ।
पछिल्लो पटक प्रहरी चौकी संग्रामपुरका प्रसनि मनोज यादवले व्यापारीलाई बन्धक बनाएर ५० हजार घुस लिएको काण्ड बाहिरिएर कारबाहीमा परेपछि बप्रनानि अरुण यादवले विवादित प्रहरी नायब निरीक्षक रामबालक यादवलाई संग्रामपुर चौकीको इन्चार्ज बनाउन सफल भएको प्रहरीभित्रै चर्चा चल्न थालेको छ ।
प्रहरी स्रोतबाट प्राप्त जानकारी अनुसार सर्लाहीको इलाका प्रहरी कार्यालय गम्हरिया डुमरियाबाट संग्रामपुर चौकीको जिम्मेवारी पाएका रामबालक यादवले जिम्मेवारी पाएको एक महिना नबित्दै सो क्षेत्रबाट तस्करी गर्ने तस्करहरुलाई भन्सार राजस्व छली गर्न लाइन दिएर कमाउ अभियान संचालन गरेका छन् ।
भारतको समसी लालबन्दी र सोनबर्सा कनवा नाका भएर राजस्व छली गरी कपडा भित्र्याउन विजय साह बानिया, हद नारायण र इन्दल यादवलाई लाइन दिइएको छ । संग्रामपुर भित्र्याइएका तस्करीका कपडाहरु लालबन्दी र बयलवाससम्म तस्करहरुले पठाउने गरेका छन् ।
त्यस्तै भारतबाट कुखुरा र कुखुराको चल्ला ल्याउन बेचन मियाँले लाइन पाएका छन् भने हुसेनीलाई गाई गोरुको कामकालागि लाइन दिइएको स्रोतबाट जानकारी हुन आएको छ । यी तस्करहरु संग्रामपुर र त्रिभुवननगर दुबै चौकीबाट लाइन लिएर कारोबार गरिरहेको स्रोतको दाबी छ ।
यतिमात्र नभइ संग्रामपुर नाकाबाट दिनेश यादव, दिनेश पाठक, कैलाश महतो, मनोज साह, सबिता साह, हरिनन् महतो, रामजी, गुप्ता, इन्दललगायतका तस्करहरुलाई जिरा, मरीच, काजु, छोगडा, चिनी, हार्डवेयर, मोटर पार्टस्, रजनीगन्धागायतका सामग्रीहरु भन्सार छलस् भित्र्याउन छुट दिइएपछि ती नाकाहरुबाट रातभर निर्वाध रुपमा ढुवानी भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।
त्यस्तै फूल कारोबारी सन्तोष भण्डारीले लाइन पनि लिने र प्रहरीलाई फसाई पनि दिने गरेका कारण प्रहरीले उनलाई लाइन दिन नमानेपछि स्थानीय बिचौलियाको सहयोगमा तस्कर भण्डारीको लाइन उनका भारतीय मामा संजय भण्डारीलाई दिएर तस्करी गराइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको क्राइम टोलीको प्रमुखमा बसेर बरिष्ठ प्रहरी नायब निरीक्षक अरुण यादवले जिल्लाभरिका नाकाबाट भन्सार छली गर्नेहरुलाई लाइन दिन सहज होस् भनेर आफ्ना कुरा मान्ने द्रव्यमुखी प्रहरीहरुलाई जिम्मेवारी दिन प्रनाउ समक्ष सिफारिस गर्ने र प्रनाउ पंजियारले त्यही सिफारिसको आधारमा पठाउने गरेपछि यतिखेर संग्रामपुर, त्रिभुवननगर, पर्सा, नारायणपुर मात्र नभई जिल्लाका सबै नाकाबाट नै तस्करी कार्य संचालन भइरहेको खबरहरु सार्वजनिक हुन थालेका छन् ।
जनताको जिउधनको शान्ति सुरक्षालाई मूख्य प्राथमिकतामा राखेर अघि बढ्नु पर्नेमा डिएसपी पंजियार र बरिष्ठ सई यादवको गलत रिपोर्टिङमा परेर यस अघिका प्रहरी उपरीक्षक नरेशराज सुवेदी विवादमा तानिएर कार्यकाल नपुग्दै फिर्ता जानुपरेको थियो । यतिबेला पनि इमान्दार छविका वर्तमान प्रहरी उपरीक्षक धितालले प्रहरी आचरणविपरीतका काम गर्ने प्रसनि मनोज यादवलाई कारबाहीको सिफारिस गरेपछि यादव पक्ष एवं भ्रष्ट प्रहरीहरु रुष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रनाउ पंजियार र क्राइमका वरिष्ठ प्रनानि अरुण यादवको संरक्षणमा ठूलो मात्रामा तस्करी भइरहेको समाचार नेपालफेस डटकममा प्रकाशन भएपछि गत भदौ १६ गते राजस्व अनुसन्धान कार्यालय पथलैया बाराको टोलीले लालबन्दी बजार र हरिवनस्थित सन्तोष डिलरलगायका तस्करहरुको गोदाममा छापामारी गर्दा करोडौँ मूल्य बराबरको सामान फेला परेको थियो ।
रामबालक यादव को हुन् ?
प्रहरी नायब निरीक्षक रामबालक यादव मधेश प्रदेश भारतसँग सीमा जोडिएका कमाउ अड्डाको रुपमा चिनिने चौकीहरुमा बस्न पाउने नेपाल प्रहरीभित्रका अति नै भाग्यमानी र चतुर प्रहरी हुन् । जागिर प्रवेश गरेदेखि नै भ्रष्ट स्वभावका प्रहरी अधिकारीहरुलाई प्रभावमा पारेर कमाउ अड्डा हात पार्न सिपालु प्रनानि यादवले आफ्नो कार्यकालको अवधिमा पर्साको मूख्य नाका प्रहरी चौकी इनर्वा, प्रसौनी, जानकी टोलाका साथै १ वर्ष जिल्ला प्रहरी कार्यालयको उजुरी शाखामा कार्यरत रहे ।
त्यस्तै बारा जिल्लाको पनि कमाउ चौकीको रुपमा चिनिएका छतवा बरैनिया र पथलैया जस्ता चौकीहरुको इन्चार्ज भए । छतवा बरैनियामा कार्यरत रहँदा तस्करीको लाइन दिएर १० वटा ट्रयाक्टर जिल्लाले नियन्त्रणमा लिएपछि विवादमा तानिएर जनकपुरस्थित गणमा तानिएका थिए भने पथलैया प्रहरी चौकीमा छँदा पनि त्यस्तै विवादित आचरण प्रदर्शन गरिरहे ।
त्यसअघि २०७५ सालमा सप्तरीको देउरी चौकीमा कार्यरत रहँदा रामबालक यादवले सुल्तान नामक तस्करसँग रकम लेनदेनका साथै अन्य विवादित र प्रहरी आचरणविपरीतका काम गरेपछि निलम्बनमा परेका थिए ।
पटक पटक प्रहरी आचरणविपरितका काम गरेर संगठनको छवि धमिल्याइरहने तर पेशागत मर्यादाविपरीतको काम गरेर कमाएका पैसाबाट हाकिहरुलाई रिझाउन खप्पिस मानिएका प्रनानि यादव जस्तालाई मात्र चौकीको जिम्मेवारी दिएको देख्दा इमान्दार प्रहरीहरु पैसाको करामत भन्ने गर्दछन् ।
त्यस्तै सर्लाहीको गोरखकाली, त्रिभुवननगर र भारसहबाट पनि तस्करी शुरू भएको छ । यी नाकाबाट तस्करहरूले सीमावर्ती थाना चौकी मिलाएर ल्याएको तस्करी सामान महेन्द्र राजमार्ग पुरÞ्याउने र नक्कली बिल बनाएर अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्पका प्रहरी सहायक निरीक्षक रामनिवास यादवलाई सेटिङ मिलाएर ट्रान्सपोर्टको माध्यमबाट गन्तव्यमा लैजाने गर्छन् ।
प्रसनि यादवले फूल कारोबारका किङ सन्तोष भण्डारी, भारतीय नागरिक फूल ब्यापारी संजय भण्डारी, कपड़ा र किराना व्यापारी रामविश्वास, चिनी व्यापारी बिनोद, इलेक्ट्रोनिक व्यापारी पवन, माछा व्यापारी मंगल, कपड़ा व्यापारी कुमारी, गुलाम,, किरानाको काम गर्ने रिता र बबितालगायत दर्जनभन्दा बढ़ी तस्करहरूलाई लाइन दिएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend