Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डसँग भेट गर्न यामलाल कँडेल समूह खुमलटारमा


    शुक्रबार, असोज ३० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा विवादका एक पक्ष यामलाल कँडेल समूहले नेकपा अध्यक्ष पुष्पकमल प्रचण्डलाई भेटेको छ । 

    प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कँडेल समूह बिहान नौ बजे खुमलटार पुगेको थियो ।

    भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे जानकारी गराइएको छ । कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए । मुख्यमन्त्री शाही समूहले भने बिहीबार नै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर विकसित घटनाक्रमबारे जानकारी गराएका थिए ।

    कर्णाली विवादका दुबै समूहलाई नेकपाका दुई अध्यक्षले काठमाडौं बोलाएका हुन् । काठमाडौं आएपनि दुईटै समूहको प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट हुन सकेको छैन । 

    प्रचण्डले भने दुबै पक्षसँग भेट गरिसकेका छन् । अविश्वासको प्रस्ताव दर्ता भएर विवाद बढेसँग प्रचण्डकै सक्रियतामा माधव नेपाल निकट आठ सांसदलाई प्रस्तावको विपक्षमा ल्याएको थियो । सोसँगै विवाद समाधान भएपनि नेकपाका अध्यक्षद्वयले कर्णालीको विवाद मिलाउन चाहेकाले काठमाडौं नै बोलाएको बुझिएको छ ।

    प्रम ओलीले आज नै कँडेल समूहलाई भेट्न भनेको तर समय नतोकिएको स्रोतको दावी छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार