elTsPsf] 3/af6 ;/;fdfg lgsflnFb}
hfh/sf]6, @$ sflQs M ut z'qmaf/ /flt uPsf] e"sDksf sf/0f elTsPsf] 3f/af6 ;fdfg lgsfNb} e]/Lgu/ kflnsf# lkkn8fF8fsf :yfgLo afl;Gbf . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौं । जाजरकोट नलगाड नगरपालिका–१ पालिगाउँका ८४ वर्षीय गोरे पुन भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका छन्। तर, त्यही त्रिपालमा पनि उनी चैनले सुत्न सक्दैनन्। एकातिर मुटु छेड्ने चिसोले सताइरहेको छ भने अर्कोतिर गाउँमाथि अजंगको पहाड छ, जुन भूकम्पले चिराचिरा छ। पालिगाउँको सिरानमा रहेका राता पर र थुम्केवाजा भन्ने पहाडका थुम्का कुन समय झर्छ टुंगो छैन।
पुन भन्छन्, ‘रातभर निदाउ नै सकिँदैन। सुतेको बेला पहाड खस्छ कि भन्ने चिन्ताले सताइरहेको छ। महिना दिन भयो राम्रोसँग सुत्न सकेको छैन। आफ्नोभन्दा पनि छोरानातिको चिन्ता लाग्छ। निन्द्रा नै हरायो।’ भूकम्पले लेक, औंल र गाउँमा रहेका ६ वटा घर भत्किएका छन्। उनले सरकारलाई विज्ञ पठाएर स्थलगत अध्ययन गर्न मागसमेत गरे।
पालिगाउँको सिरानका थुम्का र बस्ती चिराचिरा परेको छ। पहाडको काखमा रहेको पाली गाउँ भूकम्पपछि निकै असुरक्षित छ। ‘सबै त्रासमा छौं स्थानीय नरजित रानाले भने, ‘भूकम्पपछि हाम्रो भोक निन्द्रा सबै हरायो। गाउँ तल छ माथि डाँडो भासिएको छ चिराचिरा परेको छ। वर्षात् हुन थालेको छ। चिरा परेको भागमा पानी परेपछि पहिरो आउन सक्ने त्रासमा छौं।’
करिब ६० घरधुरी रहेको पालिगाउँका सबै त्रासमै रहेको उनले सुनाए। ‘त्रिपालमा बसेर पनि हामी सुरक्षित हुने अवस्था छैन। माथिबाट पहाड खस्ने डर छ’, उनले भने, ‘यहाँ बस्न मिल्छ कि मिल्दैन। यस ठाँउको भौगर्भिक अध्ययन गर्न आवश्यक छ। यदि जोखिम यसरी कायमै रहने हो भने बस्ती नै सार्नुपर्ने हुन्छ। यसका लागि सरकारले बेलैमा केही पहल गरोस्।’
परकम्प आइरहेका छन्। जमिन हल्लीरहेको छ। जमिन हल्लिँदा माथि पहाडबाट माटो खसेको देखिन्छ त्यही भएर पनि झन स्थानीय आत्तिने गरेको उनले सुनाए।
त्यस्तै, नलगाड नगरपालिका–१ चिउरी गाउँ जहाँ भूकम्पले १३ जनाको ज्यान लिएको थियो। त्यो बस्ती पनि निकै जोखिममा रहेको स्थानीयको भनाइ छ। यसअघि वर्षात्को बेला यो गाउँ केही भासिएको थियो। अहिले पनि ठाउँ–ठाउँमा चिरा परेको छ।
सडक छेउछाउमा पनि चिरा परेका छन्। माथि पहाड छ तल गाउँ छ। पहाडको टुप्पो पनि चिरा परेको छ। भूकम्पको सानो धक्का जाँदा पनि ढुंगा खस्ने गरेका छन्। जसले गर्दा निकै असुरक्षित भएको महसुस गरिरहेको स्थानीय विमल विकले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend