काठमाडौं । भूकम्पपीडितले भत्किएका घर पुनर्निर्माणको माग गरेका छन् । भूकम्पका कारण घर भत्किएपछि घरवासविहीन नागरिकले पुनर्निर्माणको काम छिटोछरितो गर्न माग गरेका हुन् । पीडितहरूले त्रिपालमुनिको चिसोबाट बचाउन पुनर्निर्माणलाई तत्काल अघि बढाउन आग्रह गरेका छन् ।
रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ मा नेपाल ग्रामीण पुनर्निर्माण संस्था, (आरआरएन) ले भूकम्प प्रभावितलाई राहत सामग्री वितरणका क्रममा पीडितले सो बताएका हुन् । त्रिपालले जाडो नछेक्ने तथा खुला आकाशमुनि खाना पकाउने गरेका पीडितले अस्थायी टहरा निर्माणको प्याकेज ल्याएर आउन आग्रह गरेका छन् ।
त्रिपालमुनिको चिसो छल्ने न्यानो कपडा नपाएर जीवन बिताउन बाध्य पीडितले चार हप्ता बित्दा पनि अस्थायी टहरा पाउन नसकेको गुनासो गरेका छन् । भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि सरकारले अस्थायी टहरा निर्माण गर्ने प्रतिबद्धता गरेको सरकारले सो पूरा गर्न नसकेपछि उनीहरू समस्यामा परेका छन् ।
नलगाड नगरपालिका–१ चिउरीकी कल्पना परियारले भनिन्– ‘घरबासबाहेक पैत्रिक सम्पत्ति छैन । ज्यालामजदुरी गरी बिहानबेलुकाको खाना जोहो गरेका थियौं, कात्तिक १७ गते मध्यरातको भुइँचालोले घर भत्कियो, राहतबाट पाएको एकसरो लत्ता कपडाले त्रिपालमुनिको बसाइमा बालबालिकालाई सुरक्षित राख्न गाह्रो छ ।’ उनले सरकारले अस्थायी टहरा निर्माणका लागि ५० हजार रुपियाँ दिने घोषणा गरे पनि पाउन नसकेको बताइन् ।
चिसो बढदै गएपछि लेकाली भेगमा नागरिकमा समस्या बढ्दै गएको छ । ‘खाना, नाना ज्यालामजदुरी गरी गुजारा गरिहाल्थ्यौं, घर नहुँदा समस्या भएको छ, सरकारले घर मात्र बनाई देओस् खानाको जोहो आफैं गर्ने थियौं’ –उनले भनिन् ।
भूकम्पपीडितहरूले राहतबाट पाएको एकसरो सामग्रीले अन्नबाली लगाएको जमिनमा त्रिपाल टाँगेर बसेको चार हप्ता बिते पनि अस्थायी टहरा पाउन नसकेको बताएका छन् । नलगाड नगरपालिका–१ की हीरा परियारले सरकार, दातृ निकायबाट प्राप्त गरेको राहत सामग्रीबाट बिहानबेलुकाको छाक र रात काटेको बताइन् ।
गरिब दलित ज्यालामजदुरीबाट जीविकोपार्जन गरेका नागरिकलाई घरबासविहीन भएपछि खानाभन्दा रात काट्ने चिन्ताले सताउन थालेको छ । चिसो बढ्दै गएपछि लेकाली भेगमा बालबालिका, सुत्केरी गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिक समस्यामा परेका छन् । क्षतिको विवरण स्थानीय सरकारले संकलन गरिलगेका छन् । सरकारले अस्थायी टहराको लागि दिने भनेको रुपियाँ आएको छैन । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend