Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला १ लाख २१ हजारमाथि


    सोमबार, मंसिर १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा लगातार दोस्रो दिनपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको जनाएको छ।

    सोमबार सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    आइतबार मात्रै मूल्य प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

    सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार