Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतार र दुवईपछि भारतबाट आएकामा देखियो कोरोना संक्रमण  


    शनिबार, चैत्र २२ २०७६
    625
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा छैटौं केससम्म हवाई मार्गबाट आएकामा मात्र कोरोना पोजेटिभ देखिएको थियो । तर शनिबार सूदुरपश्चिममा देखिएका ३ मध्ये २ जना कोरोना पोजेटिभ ब्यक्ति भारतबाट आएका छन् । १ जना पोजेटिभ ब्यक्ति भने कतारबाट आएर आइसोलेसनमा राखिएका ब्यक्तिका आफन्त रहेका छन् । 

    नेपालमा कोरोना पोजेटिभको संख्या विगत ४ दिनसम्म ६ मै स्थिर रहेको थियो । थप ब्यक्तिमा कोरोना संक्रमण नदेखिनुलाई सन्तोषको बिषयका रुपमा लिइएको थियो । तर शनिबार एकै पटक ३ ब्यक्तिमा देखिएको छ । 

    यसले भारतबाट समेत कोरोना संक्रमण नेपालमा भित्रिएको पुष्टी भएको छ । मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएपछि नेपालमा अब भारतबाट समेत संक्रमण फैलिन पुगेको छ । 

    भारतमा रहेका लाखौैं नेपालीमध्ये लकडाउनपछि हजारौंको संख्यामा नेपाल भित्रिएका छन् । लकडाउन भएपछि पनि भारतमा रहेका नेपालीहरुको ठूलो संख्या सीमा नाकामा आएर नेपाल प्रवेश गर्न खोजेकोमा सरकारले दिएको थिएन । तर सीमानाकामा हजारौं नेपालीलाई अलपत्र पारिएकोमा सरकारको चौतर्फी बिरोध भएपछि प्रवेश गराउन थालिएको छ । नेपालीको प्रवेशसँगै कोरोना संक्रमण पनि भित्रिएको शनिबार २ जना कोरोना पोजेटिभ भेटिएपछि पुष्टी भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार