Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली विवादबारे छलफल गर्न तोकिएको बैठक स्थगित


    बिहिबार, असोज २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशको विवादबारे छलफल गर्न तोकिएको बैठक स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सो बैठक स्थगित भएको हो । 

    आज बैठक बस्ने भनेपनि समय भने तोकिएको थिएन । तर आज नयाँ मन्त्रीको सपथ तथा साँझ मन्त्रिपरिषद् ब‌ैठक भएकाले बैठक बस्न नसकेको बताइएको छ । स्थगित बैठक कहिले बस्ने टुंगो भैसकेको छैन । 

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका नेताहरुबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि विवाद समाधानका लागि भन्दै अध्यक्षद्वयले सम्बन्धित दुबै पक्षलाई काठमाडौं बोलाएका थिए । 

    कर्णालीको विवाद सल्टाउन प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलाबजंग शाह र चन्द्रबहादुर शाहीसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई पत्र काटेर काठमाडौं बोलाइएको थियो । 

    यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री शाही स्वेच्छाचारी भएको आरोप लगाउँदै १८ जना सांसद विद्रोहमा उत्रिएपछि गत सोमबार पार्टी अध्यक्ष प्रचण्डले आफ्नो निवासमा बैठक बसेका थिए । सो बैठकमा माधवकुमार नेपाल पनि उपस्थित थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार