काठमाडौं । पछिल्लो समय बुढीगण्डकीमा भएको भ्रष्टाचारको कुरा चलेसँगै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो विचार राखेका छन् । उनले ठूला भ्रष्टाचार काण्डको गहिरो छानबिन गर्न सार्वजनिक दबाब बढाउनुपर्ने बताएका छन्। उनले वाइडबडी जहाज खरिदमा भएको अनियमिततादेखि लडाकुको राशनसम्मको छानबिन गरिनुपर्ने बताएका हुन्।
‘भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सिंगो देशको माग छ,’ बिहीबार ट्वीट गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘वाइडबडि, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेतl’
भ्रष्टाचारबारे गहिरोसँग छानविन गरी कारवाही अघि बढाउन दबाब बढाउनुपर्ने उनको भनाई छ। ‘गहिरो छानबिन र कडा कारवाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं,’ शर्माले भनेका छन्।
उनले गत मंसिरमा कांग्रेसले तयार पारेर प्रकाशित गरेको बूढीगण्डकी आयोजनाबारेको छोटो भिडिओ पनि ट्वीट गरेका छन्।
हालै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकीमा ९ अर्ब कमिसन बाँडेर खाएको र त्यसको प्रमाण पेश गर्न परे आफू तयार रहेको बताएका थिए।
त्यसपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति निकालेर भट्टराईलाई उक्त आरोप पुष्टि गर्न चुनौती दिएका थिए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend