Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीका मुख्यमन्त्रीसहितको टोली खुमलटारमा, माधव नेपाल पनि उपस्थित


    बिहिबार, असोज २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णाली प्रदेशमा पार्टीभित्र भएको विद्रोहका विषयमा आफ्नै निवास खुमलटारमा ब्रिफिङ लिइरहेका छन्। 

    प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव कसरी आयो भन्ने विषयमा सबै नेताहरुबाट रिपोर्टिङ लिइरहेका हुन् । छलफलमा वरिष्ठ नेता माधकुमार नेपाल, प्रदेशका इन्चार्ज एवं स्थायी कमिटी सदस्य जनार्दन शर्मा, मुख्यमन्त्री शाही, नेपाल पक्षका नेता निरज आचार्यसमेत सहभागी भएका छन्।

    कर्णालीको विवादका बारेमा छलफल गर्न भन्दै नेकपाका अध्यक्षद्वयले सम्बन्धित पक्षलाई काठमाडौं बोलाएका थिए । मुख्यमन्त्री शाही प्रचण्डनिकट रहेका छन् । उनी विरुद्धको अविश्वासको प्रस्ताव तुहाउने काममा माधव नेपाल पक्षका सांसदहरु साथ दिएका थिए । 

    अब प्रचण्ड र नेपाल दुबै मिलेर यो विषयमा विपक्षी नेतासँग छलफल गर्नका लागि सबै विवरण बुझ्नका लागि अहिले बैठक भएको बुझिएको छ । यो बैठकलाई प्रचण्ड-नेपालले तयारीको रुपमा लिएका छन् । 

    आज नै यो विषयमा छलफल गर्ने तयारी छ । दुई अध्यक्षको उपस्थितिमा हुने छलफलअघि सबै कुरा बुझ्नका लागि शाही लगायतका टोलीलाई खुमलटार बोलाइएको स्रोतको दावी छ । नेता नेपाल पनि यो विषयमा प्रत्यक्ष संलग्न भएसँगै प्रचण्डलाई राहत भएको ती स्रोत बताउँछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार