Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैदिन तीन जना कोरोना संक्रमित फेला परे, संक्रमितको संख्या ९ पुग्यो 


    शनिबार, चैत्र २२ २०७६
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन तीन जना कोरोनाभाइर संक्रमित फेला परेको छ ।  स्वास्थ्य मन्त्रायले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना भएको पुष्टि गरेको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि पनि भएको छ। यसअघि विदेशबाट आएका ६ जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये एक जना उपचारपछि घर फर्किका छन् भने पाँच जनाको आइसोलसनमा उपचार भैरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार