Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि सेयर बजारमा गिरावट, कारोबार रकम कति ?


    बिहिबार, मंसिर १४ २०८०
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक करिब १८ अंकले ओरालो लागेको छ । नेप्से १८.०६ अंकले घटेर १८५८.५३ को बिन्दुमा झरेको छ ।

    आज २८९ धितोपत्रको ४५ लाख ९५ हजार ५३३ कित्ता एक अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इनडेक्स ०.७८ प्रतिशतले घटेर ३५६.०८ को बिन्दुमा झरेको छ ।

    आज १३ वटा उपसमूहमध्ये म्युचुअल फन्ड उससमूहको समूहगत सूचक मात्र बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

    आज रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य सर्वाधिक ५.६३ प्रतिशतले बढेको छ । यसदिन विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार