Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्रिपरिषद पुनर्गठनः उपप्रधानमन्त्री पोखरेलको मन्त्रालय किन खोसियो ?


    बुधबार, असोज २८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ तीन मन्त्री थपेका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । थपिएका तीन मन्त्रीहरुमा बिष्णुप्रसाद पौडेल अर्थमन्त्रालय, कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लीलानाथ श्रेष्ठ मििहला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छन् ।

    cabinet.gif

    जिम्मेवारी हेरफेर हुनेमा उपप्रधानमन्त्री इश्वर पोखरेल पनि छन् । पोखरेललाई रक्षामन्त्रालयको जिम्मेवारीबाट अलग गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मन्त्री बनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पोर्टफोलियो परिवर्तन गरी संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद पुनर्गठनमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेललाई एक किसिमले अतिरिक्त समूहमै राखेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रीको कुनै आवश्यकता नै छैन । उपप्रधानमन्त्री पोखरेललाई एक किसिमले विनाविभागीय मन्त्री बनाएर अपमान गरिएको छ । सरकारका बरिष्ठ मन्त्री पोखरेललाई किन प्रधानमन्त्रीले विनाविभागीय बनाए भन्ने जिज्ञासा सबैतिर प्रकट भइरहेको छ । उनले नेपाली सेनालाई चिढ्याउने अभिब्यक्ति दिनु एक कारणका रुपमा लिइएको छ । उपप्रधानमन्त्री पोखरेलले सेनापति पूर्णचन्द्र थापासहितका उच्च अधिकृत सहभागी कार्यक्रममा सेना लकीरका फकीर जस्तो भएको अभिब्यक्ति दिएका थिए । जुन अभिब्यक्तिलाई सेनाले बेइज्जतीका रुपमा लिएको थियो । सेनाले प्रधानमन्त्री ओलीसँग नै पोखरेलको अभिब्यक्तिप्रति असन्तुष्टी प्रकट गरेको थियो ।

    दोस्रो, उपप्रधानमन्त्री पोखरेलले ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरिदमा सरकारलाई अनावश्यक विवादमा पारेको बिषयमा पनि प्रधानमन्त्री ओली रुष्ट थिए । पोखरेलका कनिष्ट सुपुत्र स्वराज पोखरेलको चकचकीले पनि सीमा नै नाघेको रिपोर्ट पनि बालुवाटार पुगेपछि उनलाई अतिरिक्त समूहजस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राखिएको छ । निजामती प्रशासनमा कार्यरत उपसचिवदेखि सचिवसम्मलाई अतिरिक्त समूहमा राखिने त सामान्य हो, तर बरिष्ठ मन्त्री पोखरेललाई नै अतिरिक्त समूहमा राखिएको छ, जहाँ कुनै जिम्मेवारी नै छैन ।

    उपप्रधानमन्त्री पोखरेलका अगाडि अपमानित भएर बस्ने कि राजीनामा दिने भन्ने दुई विकल्पमात्र बाँकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार