Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो, उपप्रधानमन्त्रीमा सिमित


    बुधबार, असोज २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद्को बुधबारको पुनर्गठनमा ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर उपप्रधानमन्त्रीमा मात्र सिमित गरिएको छ। मन्त्री पोखरेलसँग सेना र प्रधानमन्त्री पनि पछिल्लो समय असन्तुष्ट थिए।

    मन्त्रिपरिषद्को पुनर्गठनमा पोखरेलको रक्षा मन्त्रालय खोसिएको हो। रक्षा खोसेर प्रधानमन्त्री ओलीले आफैँ लिएका छन्। अब रक्षा मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री ओलीले नै लिएका छन्।

    ओली सरकारमा पोखरेल सुरुआतदेखि नै रक्षामन्त्री रहेका थिए। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिको संयोजक बनाइएका उनी मेडिकल सामना खरिद प्रकरणमा विवादमा आएका थिए। पछि उच्चस्तरीय समिति विघटन गरिएको थियो।

    यस्तै आजको पुनर्गठन अनुसार अर्थ मन्त्रीमा नेकपा महासचिव विष्णु पौडेल र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् ।

    यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्ण गोपाल श्रेष्ठलाई दिइएको छ भने लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ।

    Cabinet_AcdtGLCHPG.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार