Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रमद्वारा मन्त्रिमण्डल हेरफेर: अर्थमा विष्णु पौडेल, सञ्चारमा पार्वत गुरुङ


    बुधबार, असोज २८ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेका छन् । हेरफेर गरिएअनुसार अर्थ मन्त्रीमा नेकपा महासचिव विष्णु पौडेल र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् ।  

    यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्ण गोपाल श्रेष्ठलाई दिइएको छ भने लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ। यस्तै ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको मात्र जिम्मेवारी दिइएको छ। रक्षा मन्त्रालयको जिम्मेवारी भने उनीबाट खोसिएको छ । सेनासँगको विवादको कारण उनलाई सो मन्त्रालयबाट हटाइएको बुझिएको छ ।

    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानका धारा ७६ को उपधारा (९) बमोजिम सरकारको सिफारिसमा नयाँ मन्त्री नियुक्त गरेकी हुन् ।

    Cabinet_AcdtGLCHPG.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार