सर्लाही । भारतसँग सीमा जोडिएका क्षेत्रबाट नदीजन्य गिट्टी–बालुवाको अवैध उत्खनन् एवं निकासी भइरहेको छ । सरकारले रोक लगाए पनि सीमावर्ती क्षेत्रमा स्थानीय प्रहरी चौकी कार्यालयहरूलाई मिलाएर तस्करहरूले गिट्टी बालुवाको अवैध निकासीलाई तिव्रता दिएका छन् ।
स्थानीय चौकीदेखि जिल्ला प्रहरीका हाकिमसमेतलाई मिलाएर दैनिक रात्रिको समयमा नेपाली एवं भारतीय तस्करहरुले गिट्टी–बालुवाको तस्करी गर्न थालेको गुनासो बढ्दै गएपछि पछिल्लो सोमबार राति र मंगलबार बिहान दुई छुट्टाछुट्टै स्थानबाट बालुवासहितका ट्याक्टर र ट्रेलर एवं दुई जना भारतीय तस्करलाई नियन्त्रणमा लिए पनि उनीहरुलाई छोड्न अहिले मोलतोल भैरहेको विश्वस्त सूत्रबाट जानकारी हुन आएको छ ।
इलाका प्रहरी कार्यालय (ख) बलराका बरिष्ठ प्रहरी नायब निरीक्षक जितेन्द्र चौधरीका अनुसार तस्करले अवैध रुपमा बालुवा लोड गरेर सीमावर्ती क्षेत्रको दशगजामा ट्रेलर छोडेर आउने र उताबाट भारतीय ट्याक्टर आएर ट्रेलर लैजाने गरेको जानकारीमा आएपछि सोमबार राती बलरा नगरपालिका–३ स्थित दशगजा क्षेत्रबाट एउटा ट्रेलर बरामद गरी इलाका प्रहरी कार्यालय गम्हरिया डुमरियामा राखिएको बताए ।
बप्रनानि चौधरीले बरामद गरिएको सो ट्रेलर साहु र नम्बर जानकारी नभएको बताए । हाम्रो स्रोतबाट प्राप्त खबर अनुसार उक्त ट्रेलर बलरा–३ का टुन्नु झाको नाममा रहेको छ भने ट्रेलर नम्बर ना ४ त ५०४४ हो ।
त्यस्तै प्रहरी चौकी सिमरा फेनहरा र प्रहरी चौकी बारा उधोरण क्षेत्रको नदिया पकरी नाकाबाट प्रहरीले भारतीय तस्कर सकूल मियाँ र जकुल मियाँ लाई भारतीय नम्बर ३० एजी ६२४८ नम्बर र ज.१.त ५०७६ नंबरको ट्रेलर इंजिनसहित बरामद गरी मलंगवा लगेर छाड्ने लागेको स्रोतले बताएको छ । स्रोतका अनुसार मोलतोल मिलाउर उनीहरुलाई छाड्न लागिएको छ ।
जिल्ला प्रहरीका घुमुवामार्फत् मासिक प्रतिट्रेलर ५० हजार र स्थानीय चौकीलाई प्रतिटेलर ५ सय रूपैयाँमा लाइन मिलाइएको र नयाँ हाकिम साबले पुरानो रेटलाई दोब्बर गर्नुपर्ने अडान राखेपछि कुरा नमिल्दा ट्याक्टर समातेर लगेको स्रोत बताउँछ ।
आज बरामद ती ट्याक्टर र तस्करलाई छाड्न ५ लाखदेखि मोलतोल हुँदै तीन लाखमा अड्किएको स्रोतले जनाएको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपीलाई फोन गर्दा सम्पर्क हुन सकेन भने भने सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले फोन नै उठाएनन् ।
गिट्टी बालुवा तस्करी हुुँदै गरेको भिडियो हेर्नुहोस्
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend