Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सकियो ओली-प्रचण्ड छलफल, कर्णाली विवाद समाधान गर्ने सहमति


    बुधबार, असोज २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा अध्यक्ष एवंं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको कर्णाली प्रदेशको विवाद मिलाउने सहमित भएको छ । यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेश कमिटीका पदाधिकारीको कुरा सुनेपछि निर्णय लिइने भएको छ।

    कर्णाली विद्रोहको विषयमा दुई अध्यक्षले सोमबार, मंगलबार र बुधबार तीन दिन छलफल गरिसकेका छन्। बुधबार दुई अध्यक्षबीच करिब ३ घण्टा छलफल चलेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    कर्णाली विद्रोहको विषयमा छलफल गर्न दुई अधयक्षले बिहीबारका लागि समय तोकेका छन्। बुधबारै मुख्यमन्त्री शाहीसहित प्रदेश कमिटीका सबै पदाधिकारी काठमाडौं आउने तयारी गरेका छन्।

    प्रदेशका मुख्यमन्त्रीसहित सहइन्चार्ज यामलाल कँडेल,अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा आउने भएका छन् । सबै पदाधिकारीका कुरा एक–एक गरेर सनेपछि दुई अध्यक्ष निष्कर्षमा पुग्ने बताइएको छ।

    अकस्मात आएको सो विवादलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने साथै भविष्यमा कामगर्ने शैलीमा सहमति गराएर मिलाउने तयारी भएको नेकपानिकट स्रोतले बताएको छ । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार