Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मन्त्री सीता गुरुङको परिवारवादः श्रीमान निजी सहायक, भाइ पीए


    सोमबार, मंसिर ११ २०८०
    3.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सहरी विकास मन्त्री सीता गुरुङ यतिबेला काममा भन्दा छिटो भन्दा छिटो आर्थिक उपार्जन गर्ने अभियानमा सक्रिय छिन् । कमाउ अभियानमा उनले आफ्नै श्रीमान दिल गुरुङलाई स्वकीय सहायक बनाएकी छन् ।

    यसैगरी भाइ भगिमान गुरुङलाई पीए बनाएकी छिन् । जिल्लाबासी हेमन्त गुरुङलाई सचिवालयमा राखेकी छिन् । गुरुङले माथिल्लो तहमा कर्मचारी नियुक्त गर्न तथा मन्त्रालयमातहतका टेण्डरमा सेटिङ गर्न श्रीमान र भाइलाई परिचालन गर्ने गरेकी छिन् ।

    श्रीमान दिल गुरुङ मन्त्रालय पुगे भने मन्त्रीको सचिवालयमा बस्ने गर्दैनन्, सोझै मन्त्रीको कोठामा पुग्ने गर्छन् । तलबभत्ता भने मन्त्रालयबाट बुझ्ने गर्छन् । भाइ भगिमानले भने मन्त्रीलाई भेट्न आउनेहरूसँग भेट गराइदिने काम गर्छन् । अर्का पीए हेमन्तले मन्त्रालयको सरकारी गाडी प्रयोग गर्ने गर्छन् । उनले पनि छुट्टै पीए राखेका छन् ।

    केही दिनअगाडि मन्त्री गुरुङले सहरी विकास तथा भवन निर्माण विभागको स्वामित्वमा रहेका दुई वटा सरकारी गाडी मन्त्रीको गृहजिल्ला तेह«थुमको लालीगुराँस नगरपालिकालाई दिन लगाएकी थिइन् । गाडी दिन उनले विभागका माथिल्लो तहका कर्मचारीलाई निकै दबाब दिएकी थिइन् । जब कि विभागमा गाडीको अभाव छ । विभागकै सहसचिवसरहका कर्मचारीलाई पनि गाडी पुगेको छैन ।

    मन्त्री गुरुङले सघन सहरी तथा भवन निर्माण आयोजना रामेछाप र बागलुङको नाममा रहेका दुई वटा गाडी लालीगुराँसलाई दिन लगाएकी हुन् । लालीगुराँस मन्त्री गुरुङको गृह नगरपालिका हो । कानुनी पक्रिया पूरा गरेर संघीय सरकारले स्थानीय सरकारलाई गाडी दिन सक्छ । तर मन्त्रीको आफ्नै नगरपालिकामा त्यसमा पनि मन्त्रीको लहडको भरमा मन्त्रालयका गाडी नगरपालिकामा जानु भनेको अधिकारको चरम दुरुपयोग हो–सहरी विकास तथा भवन निर्माण विभागका एक अधिकारीले भने । मन्त्री गुरुङले अधिकारको दुरुपयोग गरी आफ्नो नगरपालिकामा सरकारी गाडी पठाएर पहुँच देखाउने काम गरेकी छिन् । यद्यपि मन्त्री गुरुङले नेपालफेससँग भवन विभागको गाडी लालीगुराँस नगरपालिकालाई दिएको कुरा सुरुमा त स्वीकार गरिनन् । पछि प्रक्रिया पूरा गरेर दिएको दाबी गरिन् ।

    सहरी विकास मन्त्रालयसँग कुनै सम्बन्ध नै नभएका मौसमविद् सर्जु बैद्यलाई मन्त्री गुरुङले सचिवमा ल्याएकी छिन् । यसमा सेटिङ मिलाउने काम भने अवकाशप्राप्त सचिव रविन्द्रनाथ श्रेष्ठले गरेका थिए । श्रेष्ठ अहिले पनि दिनहुँजसो सहरी मन्त्रालय पुग्ने गर्छन् । जिल्लामा रहेका संघीय सहरी आयोजनामा पनि उनले कमजोर र अनियमिततामा मुछिएका कर्मचारीलाई कामु कार्यालय प्रमुख बनाएर खटाएकी छन् ।

    मन्त्रालयका उपसचिव (डीई)हरुले काम पाएका छैनन् । तर अधिकृत(इञ्जिनियर) हलाई कामु बनाउँदै जिल्ला पठाएकी छन् । इञ्जिनियर सुदिप पौडेललाई कामु आयोजना प्रमुख बनाई सघन सहरी झापामा पठाएकी छिन् । पौडेल काम केही नगर्ने, मन्त्रीलाई घुस खुवाएर सधैं राम्रो ठाउमा जाने कर्मचारीको रुपमा मन्त्रालयमा चिनिन्छन् । झापामात्र होइन, अन्य आयोजनामा पनि आर्थिक लाभका आधारमा कनिष्टहरुलाई पठाएर बरिष्ठको हुर्मत लिने काम मन्त्री गुरुङले गरेको आरोप छ ।

    कार्यक्षमतामा निकै कमजोर रमेश थिङलाई धनगढीमै राखेकी छन् भने यस्तै कमजोर र क्षमता नभएका इञ्जिनियर झपट थापालाई वीरगञ्जबाट चितवन पु¥याएकी छिन् ।

    चितवन अरु जिल्लाभन्दा बढी वजेट भएको जिल्ला हो । थापा सोझै मन्त्रीलाई घुस बुझाउने कर्मचारीको रुपमा चिनिन्छन् । मन्त्रालय स्रोत भन्छ, जिल्ला जिल्लाका टेण्डर ठेक्कामा पनि मन्त्रीले चासो राख्ने र तोकेरै हिस्सा माग्ने गरेको आरोप छ ।

    राष्ट्रिय आवास कम्पनीको महाप्रवन्धकमा आफनो मान्छे रामकृष्ण निरौलालाई राख्न उनले निकै मिहेनत गरिन् । जब कि, निरौलाका कागजपत्र नक्कली छन् भन्ने उनलाई राम्रोसँग थाहा थियो । नियुक्त गर्ने नक्कली प्रक्रिया र नक्कली कागजपत्र भएका कारण अदालतले निरौलाको नियुक्तिलाई रोकिदिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार