काठमाडौं, २२ चैत । विश्वमा कोरोना भाइरस (कोभिड १९) बाट मर्नेहरुको संख्या ५९ हजार १ सय ५९ पुगेको छ । शुक्रबार एकैदिन विश्वभर कोरोनाले ५ हजार ६ सय २३ व्यक्तिको ज्यान लिएको छ ।
शुक्रबार अमेरिकामा मात्रै ९ सय ९४ मृत्यु भएको छ । इटलीमा ७ सय ६६ को मृत्यु भएको छ । स्पेनमा ८ सय ६० को मृत्यु भएको छ । फ्रान्सको १ हजार १२० र बेलायतमा ६ सय ८४ को मृत्यु भएको छ ।
विश्वको पछिल्लो तथ्यांक निम्न अनुसारको छः जम्मा संक्रमितको संख्या १ लाख ९८ हजार ३ सय ९० पुगेकोमा निको भएकाको संख्या २ लाख २८ हजार ९२३ छ ।