काठमाडौं । दल भित्रका समस्या समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भैरहेको छ ।
मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी काम सक्ने विषयमा दुई नेताबीच सहमति नहुँदै कर्णाली प्रदेशको विवाद निस्किएको थियो । पछिल्ला दिनमा दुई अध्यक्षको ध्यान सोही विषयमा केन्द्रित भइ सघन छलफल भैरहेको नेकपा निकट स्रोतले जानकारी दिएको छ ।
मंगलबार दुई नेताबीच कर्णालीको समस्या समाधानका लागि प्रदेश पदाधिकारीहरुलाई असोज २९ गते काठमाडौं झिकाउने सहमति भएको थियो । सोही विषयमा अहिले छलफल भैरहेको बुझिएको छ ।
बुधबार बिहान सवा नौ बजेदेखि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको हो । छलफलमा कर्णालीको विषय प्रमुख भएपनि मन्त्रिपरिषद् पुनर्गठन, र पार्टी एकताका विषयमा पनि कुराकानी हुने बताइएको छ ।
असोज ६ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई १० दिनभित्र कार्ययोजना लयाउन निर्देशन दिएको थियो । आगामी चैतमा महाधिवेशन गर्ने योजनामा रहेको नेकपाले यही कार्तिक दोस्रो साता केन्द्रीय समिति बैठक बोलाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend