Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुग्ध विकास बोर्डमा सापकोटा नियुक्त


    मंगलबार, असोज २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । बागमती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा काभ्रेका टीकाबल्लभ सापकोटालाई नियुक्त गरेको छ ।

    प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी ४ वर्षका लागि सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको जानकारी दिए

    यसैगरी उक्त बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्वीकृत  गर्ने निर्णय समेत गरेको छ । बैठकले भैसे–भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकताको रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता ढुङ्गेलले जानकारी दिए।

    बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार