Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महेश बस्नेतको आक्रोश: प्रचण्डलाई सिंहदबारको कुर्सीबाट थुतेर माइतीघरमा पछार्ने तागत छ


    बिहिबार, मंसिर ७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् ।

    आज तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्घका संयोजक समेत रहेका बस्नेतले एमालेको कार्यक्रम अव सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने बताए ।

    ‘म प्रचण्डको कान खोल्ने गरेर झिर रोपेर सुन्न चेतावनी दिन्छु –तपाईँ सच्चिनु भएन भने नेपाली जनताको भविष्य अन्धकार बनाउनुभयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो ? त्यो तागत युवा विद्यार्थीहरूसँग छ, एमालेसँग छ’, बस्नेतको चेतावनी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार